

Basanta Multiple Campus, established in 2066 B.S. at Basantapur, Terhathum, is a community-focused institution affiliated with Tribhuvan University. It offers B.Ed and BBS programs designed for rural students, with flexible schedules, practical learning, and community-based teaching.
The campus provides scholarships, modern facilities, extracurricular activities, and a supportive learning environment, enabling students to pursue higher education without leaving their local area.









सर्वप्रथमत म यस क्याम्पसको वेवसाइटबाट क्याम्पस प्रमुखको हैषियतले सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्याार्थी लगायत सरोकारवालाहरुलाई स्वागत गर्न पाउदा आफुलाई गौरव महसुस गरेको छु । क्याम्पस स्थापनाको पन्ध्रौं वर्षको दौडानमा आजको प्रविधि उन्मुख समाजमा क्याम्पसका सूचना तथा गतिविधिहरुको वारेमा वेवसाइटको माध्यमद्धारा सम्प्रेषण गर्न पाउनु सुखद कुरा हो । यस प्रयासले निश्चितै रुपमा क्याम्पसको विकासमा थप टेवा पुग्ने कुरा महसुस गरेको छु । उच्च शिक्षाको पहुँच सर्वसाधारण स्तरसम्म त्यति सहज नभएको अवस्थामा खुलेको यस क्याम्पसले समुदायमा रहेका विपन्न, दलित, जनजाति, गरीव, छोरी, बुहारीलाई उच्च शिक्षाको सेवा प्रदान गर्दै आएकोले समुदायमा यसको लोकप्रियता बढदै गएको छ । प्रत्यक्ष रुपमा शिक्षक विद्यार्थी बीच मैत्रीपूर्ण वातावरणमा अन्तरक्रियात्मक छलफल विधिबाट कक्षा शिक्षण हुदै आएकोमा पछिल्ला दिनमा अनुसन्धानमुलक शिक्षण प्रकृयालाई प्राथमिकता दिन थालिएको छ भने प्रविधि मैत्री कक्षा शिक्षणलाई शिक्षणको अभिन्न प्रकृयाको रुपमा राखिएको छ । गुुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि हामी प्रतिवद्ध रहेका छौै । विद्यार्थीका प्रत्येक क्रियाकलाप, गतिविधि तथा समस्यालाई क्याम्पस प्रशासनले चासो र उत्सुकका साथ लिने र सम्वोधन गर्दै आएको छ भने विद्यार्थीहरुले पाउने विभिन्न सेवा सुुविधा तथा सहुुलियतबारे क्याम्पस प्रसासनले खोजी गरी विद्यार्थी माझ सूचना सम्प्रेषण गर्दै सहजिकरण तथा प्रोत्साहित गर्ने काममा सदैव सहयोग गरी आएको छ । विद्यार्थीको माग र चाहना बमोजिम समयसापेक्ष विषयहरु थप गर्दै लैजाने योजना रहेको छ । विश्वमा तापमानमा वृद्धी भइरहेको सन्दर्भमा चिसो मौसम तथा रमणीय डाँडाकाँडा, गुुराँसको राजधानीको प्रस्थान विन्दु, प्रदुुषण रहित स्वस्थ्य वातावरणमा गुणस्तरीय शिक्षा दिने हाम्रो अभियानलाई सफल बनाउनको लागि सम्पूर्णमा सहयोग अपेक्षा समेत राखेको छुु । धन्यबाद ।
Basantpur, Laligurans
Tehrathum, Koshi Province
+977-26-402175
University Grants Commission (UGC) Nepal
University Grants Commission provides scholarships to increase access to higher education for students with disabilities, economically disadvantaged students, Dalit students, children of martyrs and conflict victims, Mukta Kamlari, and Muslim women students.
Ministry of Education, Science and Technology (MOEST)
Ministry of Education, Science and Technology provides scholarships for Nepali students to study abroad through bilateral agreements with countries like China, India, Bangladesh, Russia, Pakistan, Japan, and others.
Government of Nepal
Constitutional provision for 45% reserved scholarships across all higher education institutions. Quotas are allocated for women, Janajati, Madhesi, Dalit, disabled, Muslim, and remote area students as per Nepal's inclusive education policy.